पेट्रोलको मूल्य फेरि वृद्धि, डिजेल-मट्टितेल सस्तो

0
436


काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोल प्रति लिटर १ रुपैयाँले बढाएको र डिजेल ४ रुपैयाँले घटाएको छ।
नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ बढाएर १६८ रुपैयाँ (काठमाडौँ, पोखरा, दिपायल) पुर्‍याएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ, जसअनुसार काठमाडौँ, पोखरामा यसको नयाँ मूल्य १५६ रुपैयाँ कायम भएको छ। नयाँ दर शनिबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here