ख्वप्रिङ इङलिस सेकेण्डरी स्कुलले फागुण ८ गते रजत जयन्ती मनाउदै

0
415


भक्तपुर, फागुण ३ । भक्तपुर स्थित ख्वप्रिङ इङलिस सेकेण्डरी स्कुलले यही फागुण ८ गते रजत जयन्ती मनाउदैछ ।
रजत दिवस तथा भवन उद्घाटन कार्यक्रमको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा विद्यालयका प्रीन्सिपल विनोद प्रजापतिले उक्त जानकारी दिनुभएको हो ।
प्रीन्सिपल प्रजापतिले विद्यालय यस स्थितिसम्म पुग्नुमा विद्यालयको शैक्षिक र सास्कृतिक पक्ष तथा विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलाप र समाजप्रतिको जिम्मेवार महसुसलाई आत्मसात् गर्दै आएकोले रजत जयन्ती विद्यालयको उपलब्धिको रुपमा रहने बताउनुभएको छ ।
विद्यालयका कार्यकारिणी सदस्य दिपेन्द्र प्रजापतिले २०५७ सालदेखी १० जना स्थानीय युवाहरुको सक्रियताका कारण हाल विद्यालयले उचाई छोएको बताउनुभयो । विद्यालयको इतिहासबारे प्रष्ट पार्दै उहाँले विद्यालयले स्थापनाकालदेखि भोग्नुपरेको उतारचढावमा सामना गर्नुपरेको अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सन्चालक कृष्ण सुन्दर प्रजापतिले विद्यालयले रजत जयन्ती मनाउनु आफैमा कोसेढुङगा सावित हुने बताए ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा रजत जयन्ती मनाउने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । सो दिन विद्यालयमा बाल मेला, शैक्षिक प्रदर्शनी तथा भवन उद्घाटन हुने कार्यक्रम विद्यालयले तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here