परम्परागत खाना र जडिबुटीको प्रयोगसम्वन्धि अभिमुखीकरण सम्पन्न

0
151


भक्तपुर,फागुण २ ।
परम्परागत मौलिक खाना र जडिबुटीको सही प्रयोगका साथ यसलाई व्यावसायिकरण गर्ने ध्येयका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम गरेको छ ।
सिद्धि गणेशको लघुवित्त तथा वचत कोष परिचालन उपसमितिको आयोजनामा भएको कार्यक्रममा डा. सरिता श्रेष्ठले नेपालको मौलिक खाना वैज्ञानिक रुपले पोषण युक्त भएको बताइन् ।
नेवारहरुको विभिन्न पर्वको खानाको छुट्टै विशेषता र अद्धितीय भएको बताउँदै यसलाई पकाउने र खाने शैलीमा विज्ञान लुकेको दृष्टान्त उनले प्रकट गरिन् ।
जडिबुटीको प्रयोग गर्दा पनि आयुर्वेदका चिकित्सकको परामर्शमा मात्र लिनुपर्ने जानकारी दिंदै उनले जडिबुटीको प्रयोगको पनि पद्धति भएको र यसको खाने समय एवम् मात्रा हुने स्पष्ट पारिन् ।
परम्परागत औषधी जडिबुटी र औषधीको सही प्रयोगसम्वन्धि पुस्तकका सम्पादक पूर्णभक्त दुवालले गलत, बिग्रेका वा म्याद नाघेका औषधि सेवन गर्नाले रोग ठीक हुनुको सट्टा अर्को रोग वा उपद्रव भई पैसा, समय र स्वास्थ्य बरबाद हुनसक्ने हुँदा सहि, नबिग्रेको, गुणवान् औषधि मात्र प्रयोग गर्नुपर्ने सल्लाह दिए ।
नेपाली बजार विदेशी जडिबुटीबाट बनेको औषधिले भरिएको र नेपाली उत्पादन धरासायी भएको दृष्टान्त पनि उनले प्रस्तुत गरे ।
जडिबुटी र परम्परागत उत्पादन थलोमा पुर्‍याएर ‘कृषक समूह’ गठन गरी ‘प्राविधिक प्रशोधन तालिम’ दिएर व्यवसायसँग जोड्नुपर्ने जानकारी दिंदै परम्परागत खाना र जडिबुटीलाई आयआर्जनको माध्यम बनाउन सहकारी संस्थाहरुले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सदस्यहरुको आय आर्जन वृद्धि गर्न र क्षमता अभिवृद्धि गर्न सहकारीले विभिन्न तालिम दिंदै आएको जानकारी दिए ।
सिद्धि गणेश सहकारीका वित्त अधिकृत चन्द्रप्रसाद दुमरुले स्वागत गरेको कार्यक्रममा सहकारीका सञ्चालक रत्न श्वरी चवालले सिद्धि गणेशले सदस्यहरुको स्वास्थ्य सवल पार्दै आय आर्जन गर्ने हौसला दिन कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here