करिव २० लाखले प्राप्त गरे राष्ट्रिय परिचयपत्र, तपाइको कहिले आउँला ?

0
270

काठमाडौं, फागुण १ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म करिव १ करोड ६५ लाख नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता गरि राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरिसकेको निर्देशक शिवराज सेढाईले जानकारी दिएका छन् ।
विवरण दर्ता भएका मध्ये करिब ६० लाख परिचयपत्र कार्ड छपाई भएकोमा करिव २० लाखले सम्बन्धित व्यक्तिहरुले मात्र कार्ड प्राप्त गरिसकेको भनिएकोे छ ।
राष्ट्रिय परिचयपत्र कार्ड छपाई भएपछि मोवाइलमा छपाई भएको र सङ्कलन गर्न आउने व्यहोरासहितको SMS प्राप्त हुन्छ। SMS अएपछि परिचयपत्रका लागि विवरण जहाँ दर्ता गराएको हो सोहि स्थानबाट कार्ड लिनुपर्ने व्यवस्था रहेको छ
राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्दा सम्बन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकाले स्वयम उपस्थित हुनैपर्छ ।

राष्ट्रिय परिचयपत्र भनेको के हो ?
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक (Demographic) तथा जैविक (Bio metric) विवरण समाबेस भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो।

राष्ट्रिय परिचयपत्र किन आवश्यक छ ?
परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here