भक्तपुर, फागुन ४ ।नेपाल मजदुर किसान पार्टीको ८ औं महाधिवेशन भक्तपुरमा हुने भएको छ ।
फागुन १६ देखि १९ सम्म भक्तपुर स्थित सल्लाघारीमा हुने ४ दिने महाधिवेशनका लागि तिव्र रुपमा आन्तरिक कार्यक्रमहरु भैरहेको पार्टी स्रोतले जनाएको छ ।
फागुन १६ गते, शुक्रबार लाँचा फल्चा ( कमलविनायक) भक्तपुर र कोटेश्वर, काठमाडौ दुबै तर्फबाट बिहान १० बजे उद्घाटन र्याली सुरु भइ सल्लाघारीमा उद्घाटन समारोह हुने समेत बताइएको छ । महाधिवेशनको समुद्घाटन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले गर्नुहुने नेपाल मजदुर किसान पार्टी आठौं महाधिवेशन तयारी मूल समितिले जनाएको छ ।
महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न नैतिक, भौतिक र आर्थिक सहयोग गर्नुहुन सम्पूर्ण मजदुर, किसान, युवा, विद्यार्थी,महिला, मजदुर, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी- व्यापारी, पत्रकार सबैमा अनुरोध समेत गरेको छ ।
अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । यो वर्ष नेमकिपा स्थापनाको ५१ औं वर्ष हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















