आमाको सिन्दुर पुछिएको त्यो दिन…

0
234

विवशता पनि कसरी स्वीकार गर्ने
“तेरो बुबाको मृत्यु भयो” भन्छन्।
तर न कतै बुबाको लाश थियो,
न त यो दुनियाँमा मेरो बुबाको सास थियो।
अस्पतालको शैय्यामा बुबाको अन्तिम सास गइसकेछ,
त्यो साससँगै मेरी आमाको सर्वस्व गइसकेछ।
गरिबीका कारण मुग्लान पस्नुभएका मेरा बाले
जिन्दगी मात्रै होइन, अन्तिम सास पनि त्यहीँ छोडेछ।
सधैं रातो धोती, चोली, चुरा, पोते, सिन्दूरमा सजिने मेरी आमा,
त्यो दिन सेतो पहिरनमा थिइन्।
सिउँदोमा सिन्दूर थिएन,
हातका चुरा थिएनन्,
नाकको बुलाकी थिएन।
किनकि मेरी आमाको सिन्दूर पुछिएको थियो…

भुपेन्द्र सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here