भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ पार्टी स्थापना दिवसको अवसरमा भिन्तुना बचत तथा ऋण सहकारी लि.काे आयाेजनामा भक्तपुर नगरव्यापी टेबुलटेनिस प्रतियोगिताको आयोजना माघ १६ गतेदेखि १८ गतेसम्म बेखाल टेबुलटेनिस कभर्डहलमा शुक्रबार सम्पन्न भयाे ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रमाणपत्र र मेडल वितरण गर्दै भक्तपुर नगर खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले नेमकिपाले स्थापनाकालदेखि निःस्वार्थपूर्वक देश र जनताको लागि काम गर्दै आएको बताउनुभयो । नेमकिपाका इमानदार नेता कार्यकर्ताकै कारण शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइमा भक्तपुरले नतिजा देखिनेगरी काम गर्न सफल भएको उहाँले बताउनुभयो ।
नेमकिपा वडा नं. २ का अध्यक्ष रत्नकाजी नातरी, भक्तपुर नगरपालिका युवा खेलकुद समितिका सदस्य रामसुन्दर बासी, भिन्तुना बचतका अध्यक्ष कृष्णगोविन्द सुवाल, कोषाध्यक्ष गणेशप्रसाद सुवाल र सदस्य चञ्चल सुवालले प्रतियोगितामा विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा छात्रा टीम त्ेन्टमा प्रभात ई.से. स्कूल प्रथम, लर्नस एकेडेमी द्वितीय र प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र जेन्यूइन ई. से. स्कूल संयुक्तरूपमा तृतीय हुन सफल भए । त्यसैगरी, छात्र टीम त्ेन्टमा बासु मावि प्रथम, प्रभात ई.से. स्कूल द्वितीय र एभरेस्ट ई. से. स्कूल र द राइजिङ ई. स्कूल संयुक्तरूपमा तृतीय हुन सफल भए ।
छात्र एकल प्रतियोगितामा द राइजिङ स्कूलका निशान रञ्जितकार प्रथम, प्रोक्सिमा एकेडेमीका रिजन ख्याजू द्वितीय र प्रभात स्कूलका सफल सुवाल र प्रोक्सिमा एकेडेमीकै नयन लालुवा तृतीय हुन सफल भए । छात्र एकल प्रतियोगितामा प्रभात स्कूलका खेलाडीहरू उरबि सुवाल प्रथम, रेश्ना कोजु द्वितीय र कलशा सितिखु र सेफिना कोजू तृतीय हुन सफल भइन् ।


















