शुभकामना साकाेसमा “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न

0
171

भक्तपुर, माघ १९ ।

शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को रजतवर्ष २०८१ को अवसरमा शिक्षा उपसमिति र सामाजिक क्रियाकलाप उपसमितिको संयुक्त आयोजनामा सक्षम हेल्थ केयर एण्ड रिहाविलिटेशन सेन्टरको प्राविधिक सहयोगमा शनिवार मुख्य कार्यालय सूर्यविनायकमा “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न गरीयो ।

कार्यक्रममा स्ट्रोक सम्बन्धी बरिष्ठ डक्टर न्युरो सर्जन नरेन्द« सालिकेले स्ट्रोकको लक्षण र रोकथाम तथा उपचार बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । हाल यस रोग सम्बन्धीका बिरामीहरु बढ्दै गइरहेको हुनाले यस सम्बन्धी जानकारी लिई समयमै रोकथाम गर्नका लागि विशेष जोड दिनुभयो ।

संस्थाका सचिव पुष्पलाल तिमिलाले शुभकामना साकोसको संक्षिप्त परीचय दिनुहुँदै संस्थाले सदस्यहरुसँग वित्तिय कारोबारका साथसाथै सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको र यसै अनुरुप सदस्यहरुको स्वास्थ्य सम्बन्धी शिविर तथा सचेतना कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताउनुभयो ।

संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले शुभकामना साकोस सबल हुनुका राम्रो पक्षहरुको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले संचालन गरेका सो कार्यक्रममा शिक्षा उपसमिति संयोजक सृजना कोजूले स्वागत मन्तव्य दिनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here