३ दिने डकुमेन्ट्री तथा छोटो चलचित्र निर्माण तालिम सम्पन्न

0
342


ललितपुर, माघ १८ । ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समितिको आयोजनामा संचालन भएको ३ दिने तीन दिने डकुमेन्ट्री तथा छोटो चलचित्र निर्माण तालिमको समापन शुक्रबार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले तालिममा चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेको बताउनुहुदै नेपाल भाषाको जगेर्नाको निम्ति स्थानीय तहबाट नै कलाकार समिति बनेको पहिलो वडा रहेको बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले नेपाल भाषाका चलचित्रहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने खालको निर्माण गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक राजेश गोंगःजुले तालिमको सदुपयोग गर्नुपर्ने र निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संयोजक कलाकार समितिका सुरजवीर बज्राचार्यले गरेका थिए ।
तालिममा चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मी, पत्रकार, युट्युबरमा आबद्ध विभिन्न क्षेत्रका २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here