वागीश्वरी कलेजमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

0
216

भक्तपुर, माघ ८ ।

सूचना तथा प्रसारण विभागले वागीश्वरी कलेजमा पत्रकारितामा अध्ययनरत चार जना विद्यार्थीहरु समेत गरी ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

३२ जना विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिएकामा वागीश्वरी कलेजमा स्नातक तह बीए चौथो वर्षमा अध्ययनरत विद्यार्थी तेन्जिङ डोल्मा तामाङ, तेस्रो वर्षका मञ्जुली कोजु, सुमन मचामसी र प्रथम वर्षमा अध्ययरत लक्मी तामाङ रहेका छन् ।

विभागको कार्यालयमा पुस २६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । विभागका महानिर्देशकका अनुसार छात्रवृत्ति स्वरुप जनही रु २५/२५ हजार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here