उदय साकोसको तीन दिने घरेलु उपकरण मर्मत तालिम सुरु

0
409

भक्तपुर, माघ ७ । सामान्य मर्मतबाट सेवाग्राहीले ठगीमा नपरुन् भन्ने उद्देश्य बमोजिम सामाजिक उत्तरदायित्व बहन गर्दै उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तीन दिने घरेलु उपकरण मर्मत तालिम सोमबारबाट सुरु भएको छ ।

व्यवसाय प्रवद्र्धन तथा बचत उपसमितिका संयोजक एवम् संस्थाका कोषाध्यक्ष शिवराम बोहजुले संंस्थाका सदस्यहरुको विशेष अनुरोधमा फ्रीज, ग्यास चुल्हो, वाटर जग, मिक्स्चर, पानी तान्ने पम्पको आधारभूत मर्मत तालिम संचालन गरेको बताउनुभयो।

तालिमका प्रशिक्षक रामसुन्दर ग्वाछाले विभिन्न विधुतीय घरेलु उपकरण प्रयोग र मर्मतमा भोल्टेज, क्वाइल, आरमिटर तथा ग्यासको बर्नर, रेगुलेटर र पाइप जस्ता पक्षमा विशेष सावधानी अपनाउन जोड दिँदै प्रशिक्षार्थीहरुको प्रश्नोत्तर अन्तर्कियामा सहजीकरण गरेका थिए ।

९ गते बुधबार सम्म चल्ने तालिमको दोश्रो र तेश्रो दिन प्रशिक्षार्थीहरुले आआफ्नो बिग्रेका घरेलु उपकरणको सामान्य मर्मतको प्रयोगात्मक प्रशिक्षण पाउने उक्त तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here