नेमकिपा स्थापना दिवसको अवसरमा महिलाहरुलाई powerpoint प्रशिक्षण तालिम

0
415

भक्तपुर, माघ ६ ।
नेपाल क्रान्तिकारी महिला संघको आयोजनामा नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको उपलक्ष्यमा नगरब्यापी महिलाहरुलाई powerpoint प्रशिक्षण तालिम आइतबारबाट सुरु भएको छ ।
संघका अध्यक्ष रामेश्वरी कोजुले तालिमको उद्देश्यबारे जानकारी दिदै माक्र्सवाद-लेनिनवाद र माओ त्से तुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी संघर्षका बिभिन्न रूपद्वारा जनताको प्रजातन्त्र हुँदै समाजवाद स्थापना गरी त्यसलाई समाजमा पुर्‍याउने उद्देश्य सहित नेपाल मजदुर किसान पार्टी स्थापना भएको चर्चा गर्नुभयो ।
पार्टीको उद्देश्य अनुसार सम्पुर्ण श्रमजीवी बर्गको हकहितको संरक्षण र सम्बर्द्धनको लागि निरन्तर प्रयत्नशील पार्टीको स्थापनाको संर्घष जनता माझ पुर्‍पाउने उद्देश्य सहित विकसित प्रविधिको सिप सिक्ने र सिकाउने उद्देश्य अनुसार powerpoint बनाउने तालिम संचालन उहाँले बताउनुभयो ।
तालिममा सिकेको कुरा व्यवहारमा प्रयोग हुने विश्वास ब्यक्त गर्दै प्रशिक्षणमा अनिता जधारीले सहजीकरण गर्नुभयो । उक्त तालिम चार दिनसम्म संचालन हुने नेक्रामसंघका सचिव मन्जु लाखाजुले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here