विदेशको फर्निचर आयात रोकेर देशका सिकर्मीहरूलाई अवसर दिनुपर्ने : सांसद सुवाल

0
404


भक्तपुर, पुस २९ । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा १२ औं बृहत् सिकर्मी भेला सोमबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सूर्यविनायकमा सम्पन्न भयो
कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “सङ्घमा बस्नुको अर्थ बलियो भएर बस्नु हो । विद्यार्थीहरू अलग अलग काम गर्नुभन्दा सबै मिलेर ठुलो परिमाणमा गुणस्तरीय सामान उत्पादन गर्नु उपयुक्त हुनेछ । आर्थिक सामाजिकीकरणले छिटो प्रगति हुन्छ । सन् १९१७ मा लेनिन र स्तालिनको नेतृत्वमा सम्पन्न रूसको अक्टोबर समाजवादी क्रान्तिको १८-२० वर्षमा देश संसारको दोस्रो अर्थतन्त्रमा उक्लिएको थियो ।”
“सबै पेसाका मानिसले आफ्नो पीडा सरकारसमक्ष राख्न पाउने अधिकार नै हो । सरकारले जनताको आवाज थुन्नु तानाशाही हो । सरकारले जनताको पीडा र समस्यालाई सम्बोधन गरी समाधान गर्नु जरूरी छ,” उहाँले भन्नुभयो ।
सिकर्मीहरू साना मजदुर भएको हुँदा आफ्नो पीडा उठाइरहनु जरूरी छ । सरकारले एक दिन सम्बोधन गर्नैपर्ने हुन्छ । विदेशको फर्निचर आयात रोकेर देशका सिकर्मीहरूलाई अवसर दिनुपर्छ, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई देश र विदेशको अवस्थाबारे शिक्षित बनाउनु आवश्यक छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले क्यानडा, ग्रीनलैन्ड र पानामालाई कब्जा गर्ने बताए । सो अभिव्यक्तिलाई न्यायप्रेमीजनताले विरोध गर्दै छन् ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले पेसाकर्मीहरू पेसागत हक हितका निम्ति सङ्गठित हुनुका साथै राजनीतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो । नेपाल क्रान्तिकारी डकर्मी सङ्घका अध्यक्ष विष्णुराम दुमरु, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसाय सङ्घका अध्यक्ष राकेश श्रेष्ठ र सिकर्मी सङ्घकासल्लाहकार विष्णुभक्त कुसीले शुभकामनामन्तव्य राख्नुभएको थियो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको कार्यक्रममा रामसुन्दर सुवाल र पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो । भेलाले विक्रम ढुकुछ कै अध्यक्षतामा सङ्घको नयाँ कार्य समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here