भक्तपुर, माघ १ । भक्तपुर नगरपालिका वडा नं ७ मा अवस्थित हनुमानघाटमा आज भक्तपुर नगरपालिकाको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले पन्चायतकालदेखि नै सरसफाइलाई प्राथमिकता दिदै आइरहेको जानकारी दिनुहुँदै भक्तपुर नगरपालिकाले संस्कार तथा अभियानको रुपमा प्रत्येक महिनाको १ र १५ गते पाक्षिक सरसफाइ कार्यक्रम निरन्तर रुपमा गरिदै आएको बताउनुभयो । साथै हनुमानघाट धार्मिक दृष्टिले महत्वपूर्ण सम्पदा रहेकोले सरसफाई अभियानले यसको सुन्दरता थपिएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांंले हनुमानघाट प्रसिद्ध तिर्थस्थलको रुपमा रहेकोले यस क्षेत्रमा क्रमिक रुपले वातावरण सुधारका कार्यहरु भैरहेको जानकारी गराउनुभयो । हनुमानघाट क्षेत्रको संरक्षणको लागि स्थानिय निकायहरुसँग पनि छलफलका कार्यक्रमहरु आवश्यक रहेको बताउनुहुँदै सरकारले खोला तथा नदी संरक्षण सुधारका लागि पहल नगरिरहेको अवस्थामा हाल भक्तपुर नगरपालिकाले बजेट विनियोजन गरि थुप्रिएको माटो निकाल्ने कार्यहरु गरिदै आएको समेत बताउनुभयो ।
कार्यक्रममा वडा नं ७ का वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो ।
हनुमानघाटमा सरसफाइ कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















