लाइब्रेरी रिसोर्सेस प्रयोगबारे एक दिने अभिमुखीकरण कार्यक्रम

0
255

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तह बीए, बीबीएस चौथो वर्ष र स्नातकोत्तर तह एमए र एमबीएस चौथो सेमेस्टरमा अध्ययरत विद्यार्थीहरुलाई ई–लाइब्रेरी रिसोर्सेस प्रयोगबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय नेपालको सबैभन्दा ठूलो पुस्तकालय बताउनुका साथै विभिन्न पुस्तकालयहरुको चर्चा गर्दै उहा“ले भक्तपुर नगरपालिकावाट सञ्चालित जनज्योति पुस्तकालयमा सञ्चालन भैरहेको ई–लाइब्रेरीबारे जानकारी दिनुभयो ।
त्यसैगरी मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले अनुसन्धानको महत्व दर्शाउँदै अनुसन्धानमा अगाडि वढेको देश विकासित देशको रुपमा अगाडि बढको बताउनुभयो । विश्वको जुनैसुकै कुनामा बसेर कुनै पनि विषयमा अध्ययन अनुसन्धान गरेता पनि ई–रिसोर्सेस स्रोत सहज रुपमा उपलब्द हुने भएकाले ठाउँले अर्थ नलाग्ने तर व्यक्तिको अध्ययन स्तरले अर्थ दिने भाव व्यक्त गर्नुभयो ।
उक्त अभिमुखीकरण कार्यक्रमका स्रोतव्यक्ति त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयका पुस्तकालय अधिकृत विजय शर्माले ई–लाइबे्ररीको प्रयोग गर्ने तरिका, विद्यार्थीहरुलाई थेसिस लेखन जस्ता कार्यमा यसबाट हुने सहजता तथा उपयोगिताबारे पावर प्वईटका स्लाईड प्रस्तुत गर्नुहुँदै विद्यार्थीहरुलाई आआफनो ल्यापटप र मोवाइलमा अभ्यास गराउनुभयो ।
कार्यक्रमको अन्त्यमा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अभिमुखिकरण कार्यक्रमले विद्यार्थीहरु लाभान्वित भएको आशा व्यक्त गर्नुका साथै स्रोतव्यक्ति विजय शर्मालाई मायाको चिनो प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here