भक्तपुर, पुष २७ ।
जेष्ठ नागरिकको बाैद्धिक विकास तथा दीर्घायुका लागि खेल भन्ने मूल उद्देश्यका साथ भक्तपुरमा दोस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता शनिबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा उहाँले खेलले शरीर स्वस्थ बनाउने भएकोले ज्येष्ठ नागरिकहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
काठमाडौ उपत्यका इतिहासकालदेखी नै सभ्य र धनी भएको बताउनुहुदै तिब्बतमा नेवार जातिलाई प्राथमिकता राख्ने र सम्मान गर्ने गरेको सम्मेत बताउनुभयो । साथै उहाँले भक्तपुर नगरपालिकाले नयाँ पुस्ताको जानकारीको लागि स्थानीय पुरानो नाउँ नामाकरण गर्दै आइरहेको समेत जानकारी गराउनुभयो ।
वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समितिका सल्लाहकार विष्णुगोपाल कुसीले परम्परागत खेल कसिमला पाय भक्तपुरको परम्परागत स्थानीय खेल रहेको जानकारी दिनुहुदै परापुर्वकालदेखी नै भक्तपुर नगर व्यवस्थित नगरको रुपमा रहेको र यसलाई जोगाउनु हामी सबैको कर्तव्य रहेको बताउनुभयो । सरकारले जेष्ठ नागरिक सम्मान गर्ने हो भने जेष्ठ नागरिकको परिभाषा अनुसार ६० वर्षदेखी नै सरकारले सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताउनुभयो ।
साथै एक फरक प्रसङ्गमा उहाँले सहकारी जारी गरेको अध्यादेशले चलिरहेको सहकारी संस्था धराशयी हुने खतरा बढेको पनि बताउनुभयो ।
प्रतियोगितामा गणेशलाल खत्री प्रथम, धन्यश्वर प्रजापती दोस्रो, इन्द्र बहादुर देउपाला तेस्रो र गणेशमान दुवाल सान्त्वना भए । उक्त कार्यक्रममा ६० वर्ष नाघेका ३२ जना ज्येष्ठ नागरिकहरुले प्रतियोगितामा भाग लिएको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















