लोकेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न, ३७ जना रक्तदाताले गरे रक्तदान

0
283


भक्तपुर, पुष २० । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २० औं स्थापना दिवसको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम भनपा–२ स्थित इताछें गणेश मन्दिर परिसरमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापनाकाल देखि नै बचत र ऋण कारोबारका साथ साथै समुदायमा आधारित रहि विभिन्न गतिविधि गर्दै आएको बताउनु भयो । संस्थाको स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा तालिमहरु संचालन गर्दै आएको बताउनु भयो । गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको सहकारी चिनेर मात्र आफ्‌नो बचत जम्मा गर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेको जानकारी आयोजक स्वास्थ्य उपसमितिका संयोजक प्रज्वल खत्रीले बताउनु भयो । संस्थाको २०औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस २६ र २७ गते भक्तपुर नगरस्तरीय “अन्तर सहकारी/विद्यालय/कलेज/टिम/क्लब टेबल टेनिस प्रतियोगिता हुने जानकारी संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here