भक्तपुर सिकर्मी सङ्घको प्रशिक्षण कार्यक्रम

0
300

भक्तपुर, पुष १९ । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा विश्व सर्वहारावर्गका गुरु जोसेफ स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा बिहीवार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले गरिब परिवारमा जन्मेका स्तालिनले श्रमजीवी जनताको हितमा समाजवादी व्यवस्थाको निम्ति लडेको बताउनुभयो । साम्राज्यवाद र सामन्तवादविरुद्ध लडेका माओ त्सेतुङले चिनियाँ जनताको मुक्तिको निम्ति सङ्घर्ष गर्नुभएको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here