भक्तपुर, पुष २० । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य तथा बचत उपसमितिको आयोजनामा एक दिने दही(जुजु धौ) बनाउने तालिम संस्थाको तालिम हलमा सम्पन्न भयो ।
संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले हाम्रो भक्तपुर नगर कला संस्कृति र परम्परागत मुल्यमान्यतालाई आत्मसाथ गर्दै आएको नगर भएको हुनाले नयाँ पुस्तालाई सिकाउने हामी सबैको जिम्मेवारी रहेको र व्यवसायिक रुपमा अगाडी बढाउनको लागि संस्थाले साथ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक कृष्ण गोपाल लवजुले तालिमको क्रममा प्रशिक्षार्थीहरुको सिक्ने हौसला र आत्मविश्वास राम्रो रहेको र व्यवसायिकरण गर्न इच्छुक प्रशिक्षार्थीहरुलाई आवश्यक सरसल्लाह प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो ।
सदस्य तथा बचत उपसमितिको संयोजक सर्मिला मानन्धरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरु मध्येबाट लक्ष्मी फांजु र विकास सुवालले तालिम सम्बन्धी आफ्नो कुराहरु व्यक्त गर्नुभएको थियो ।
तालिममा २० जना सदस्यहरुको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















