भक्तपुरमा चलाइरहेको स्कुटरमा आगलागी हुँदा चालक घाइते

0
561

भक्तपुर, पुस १९ ।
भक्तपुर नगरपालिका वडा नं. १ सिद्धपोखरी स्थित दुधपाटीमा आज दिउँसो एक स्कुटरमा आगलागी भएको छ ।
राजेश तामाङको नाममा रहेको बा०२-०४२प २५६३ नम्बरको रातो कलरको स्कुटर एलिस कोजुले चलाइरहेको बेला ब्रेक हान्ने क्रममा पल्टिएर आगलागी हुँदा सो स्कुटर जलेर पूर्ण रुपमा क्षति भएको छ भने चालक सामान्य घाइते भएका छन् । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले उक्त आगलागी नियन्त्रण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here