लोकेश्वर महिला समूहको धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

0
297


भक्तपुर, पुस १६ ।
भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सवमा आवश्यक खाजा व्यवस्थापनका साथै पाहुनाहरूका लागि नेवारी परिकार व्यवस्थापनमा रहेको लोकेश्वर महिला समूहको धन्यवाद ज्ञापन कार्यक्रम भयो ।


कार्यक्रममा भनपा साबिक १५ वडाका पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले महोत्सवमा लोकेश्वर महिला समूहको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै भक्तपुर महोत्सवले स्थानीय घरेलु उत्पादनलाई उजागर गरेको बताउनुभयो ।
भक्तपुर सांस्कृतिक नगरको रूपमा परिचित हुँदै आएको विचार राख्दै उहाँले भक्तपुरमा साना तथा मझौला उद्योगलाई विकास गरी अगाडि बढ्न सकेमा दिगो पर्यटन विकासको लागि महत्त्वपूर्ण आधार हुने कुरा राख्नुभयो ।


लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन जतिले संस्थाका महिलाहरूलाई सक्रिय बनाउने उद्देश्यले महिलाहरूको समूह बनाई विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो ।


कार्यक्रमका सभापति एवं वडा नं. २ का महिला वडा सदस्य मञ्जुमैयाँ लाखाजुले भक्तपुर महोत्सवमा लोकेश्वर महिला समूहले गरेको कामको प्रशंसा गर्नुभयो । हामीले हरेक क्षेत्रमा महिलाहरूलाई सहभागी गराउन सकेमा सामाजिक विकासका साथै आर्थिकरूपमा पनि विकास हुने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा लोकेश्वर महिला समूहका मैयाँदेवी तुकबन्जारले आफ्नो अनुभव प्रस्तुत गर्नुभयो भने लक्ष्मीश्वरी तुकंबन्जार, तुल्सीलक्ष्मी बाटी र शर्मिला मानन्धरले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here