काठमाडौ, पुस १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले आज राति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको निगमले जनाएको छ ।
साथै आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १५ अमेरिकी डलरले मूल्य घटाउने निर्णय गरेको निगमको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर, एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
नयाँ मूल्य अनुसार पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा पेट्रोलको नयाँ मूल्य १६०.५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङमा १६२ रुपैयाँ तथा तेस्रो वर्ग काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















