भक्तपुरमा दोस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने, नाम दर्ताका लागि आह्वान

0
248

भक्तपुर, पुष १७ ।
ज्येष्ठ नागरिकको बाैद्धिक विकास तथा दीर्घायुका लागि खेल भन्ने मूल उद्देश्यका साथ भक्तपुरमा दोस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने भएको छ ।
भक्तपुर नगरपालिका वडा नं ९ स्थित वाकुपति चाँगुनारायण परिसर सहयोग समितिको आयोजनामा यही पुस २७ गते शनिवार नारायण मन्दिर परिसरमा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा भाग लिन ६० वर्ष नाघेको हुनु पर्ने र पुस २५ गतेभित्र नाम दर्ता गर्न सकिने भनिएको छ । नाम दर्ताको लागि दर्ता शुल्क रु. ५०।- निर्धारण गरिएको छ ।
भक्तपुर न.पा ९ वडा कार्यालय र प्रगति पुस्तकालयमा पुस २५ गतेभित्र नाम दर्ता गर्न सकिने समेत बताइएको छ ।
प्रतियोगितामा सह-आयोजकको रुपमा प्रगति सामुदायिक सिकाइ केन्द्र रहेको आयोजक समितिको रुपमा रहेको समेत आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here