उदय साकोसद्वारा तीन दिने घरेलु उपकरण मर्मत तालिम संचालन हुने 

0
333

भक्तपुर, पुष १७ । उदय बचत तथा ऋण सहकारी संस्थाको बचत तथा व्यवसाय प्रवर्द्धन उपसमितिको आयोजनामा घरेलु उपकरणको आधारभूत मर्मत तालिम यहीँ माघ ७,८ र ९ गते संस्थामै हुँदैछ । 

गृहिणीलाई लक्षित गरी हुने उक्त तालिममा मिक्सचर, फ्रिज, इलेट्रिक जग तथा ग्यास चुल्होको सामान्य मर्मतको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण हुने संस्थाका कोषाध्यक्ष तथा उपसमितिका संयोजक शिवराम बोहजूले जानकारी दिएका छन् ।

तालिममा सहभागी हुन ईच्छुक महानुभावहरुले पनि माघ ५ गतेभित्र संस्थाको कार्यालय लिवालीमा रू. २००/- तिरी नाम दर्ता सकिने जनाएको छ । 

साथै यहीँ पुष २० गते शनिबार एकदिने झोल तथा डल्लो साबुन बनाउने तालिम सहभागिताको लागि १९ गते सम्म अन्तिम नाम दर्ता गगर्न स्क्किने संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here