आजदेखि मध्यपुर महोत्सव सुरु, तीन दिनसम्म चल्ने

0
282

भक्तपुर, पुस १२ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा आज पुस १२ गते शुक्रबारबाट तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ सुरु हुने भएको छ।
महोत्सवको सम्पुर्ण तयारी सम्पन्न भैसकेको र महोत्सवको समुदघाटन शुक्रबार बिहान ९:३० बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने बताइएको छ।
मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।
महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here