भक्तपुर, पुस ११ । चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता पुस २० गते ताथलीमा गर्ने भएको छ ।
नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरी चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीले ताथली फाँटमा सो प्रतियोगिता गर्न लागेको हो ।
“चाँगुनारायण नगरपालिकामा रहेका मूर्त-अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयोग पुयाउन तथा नगरपालिकाले आगामी २०८२ मा गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुऱ्याउन धिमे बाजा प्रतियोगिता गर्न लागेका हौँ”, नगर प्रमुख जीवन खत्रीले भन्नुभयो ।
प्रतियोगितामा विजेता टोलीलाई नगद रु. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमे बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमे बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीयलाई रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र, धिमे बाजा १ थान भुछ्या १ थान, सान्त्वनालाई रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमे बाजा १ थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट) लाई धिमय् बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुंछ्या १-१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातको संयोजकत्वमा प्रतियोगिता समन्वय गठन गरिएको सो समिति प्रतियोगितामा सहभागी हुन प्रतिसमूह शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलनमा चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवं चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले पनि बोल्नुभएको थियो ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















