मध्यपुर महोत्सवको लागि बुद्धको अस्थिधातु हस्तान्तरण

0
250


भक्तपुर, पुष १०। मध्यपुर महोत्सव (पुष १२-१४) मा बुद्धको अस्थिधातु प्रदर्शन गर्न मुनिविहार भक्तपुरबाट मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई एक कार्यक्रमबिच बुधबार अस्थिधातु हस्तान्तरण गरियो ।
कार्यक्रममा भिक्षु गरूको स्थविरले बुद्धको अस्थिधातु दर्शन गर्नु साक्षात बुद्धको दर्शन गर्नु साक्षात बुद्धको दर्शन गर्नुसरह हो भन्नुभयो ।
मध्यपुर थिमिका प्रमुख श्रेष्ठले बुद्धको अस्थिधातु प्रदर्शन गर्न पाउनु सौभाग्य र गर्वको कुरा भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बुद्धको व्यवहारिक शिक्षा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
मुनिविहार दायेक समितिका उपाध्यक्ष विकासराजले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अस्थिधातु मध्यपुर थिमिको शङ्खधरमा पुगेपछि मध्यपुरथिमि वासीहरूले बाजागाजासहित नगरपरिक्रमासाथ पदयात्रा गरी पाटी विहार अस्थिधातु प्रदर्शनी स्थलमा पुऱ्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here