केदारनाथ साकोसको १२ औं स्थापना दिवस सम्पन्न

0
183

भक्तपुर, पुष ९ । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं स्थापना दिवस सल्लाहकार रामकृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा एक समारोहवीच तपाडम्फो नखाछेंमा मंगलवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले बचत तथा ऋण सहकारीको इतिहास हेर्दा सामन्तबाट ऋणमा भएको शोषणबाट मुक्त गर्न बनेको बताउँदै बचत तथा ऋण सहकारीको मापन गर्ने अचुक उपाय भनेको पल्र्स विश्लेषण भएको बताउनुभयो । उहाँले महाभुकम्प, कोरोना र आर्थिक मन्दिबाट गुज्रेर बेरोजगार बढेको बेला सहकारीको अवको योजना रोजगारी सृजना गर्ने, आत्मनिर्भर र आदर निकेतन तर्फ हुनु पर्ने बताउनुभयो । उहाँले सहकारी स्थापनाको इतिहास सम्झना गर्न, समाजमा पुर्‍याएको योगदानलाई सम्मान गर्न स्थापना दिवस मनाउने हो भन्नुभयो । उहाँले सदस्यहरुमा संस्थाको लक्ष्य प्रति प्रेरणा र समपर्ण बढाउन साथै काममा नया उत्साह र उत्प्रेरणाले नयाँ विचारहरुलाई प्रोत्साहन र पुराना लक्ष्यहरुको पुनःताजगी बनाउन स्थापना दिवस मानउनुको सार्थक हुने बताउनुभयो । उहाँले संस्था बारे जनचेतना जगाउने र समिक्षाको लागि कार्यक्रम उपयुक्त रहेको बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले जुझारु २६ जना युवाहरुबाट स्थापना भएको संस्था ५९ लाखबाट ५० करोड पुगेकोमा सबैको साथ सहयोगले भएको बताउनुभयो । उहाँले सहारीको सकारात्मक संन्देश आवश्यक भएको बताउँदै साधारणसभामा जनगायक रामेश जस्ता व्यक्तित्व ल्याएर कार्यक्रम समापन गरेको बताउनुभयो ।
कार्यक्रममा प्रबन्धक दयाराम तजलेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २६ जनाबाट सुरु भएको संस्थामा ३७५९ जना सदस्य भई सकेको बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत विपिन श्रेष्ठले गनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here