भक्तपुर, पुष ९ । मध्यपुर थिमि नगरपालिकामा मध्यपुर महोत्सव-२०८१ काे अवसरमा सार्बजनिक बिदा दिने भएकाे छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिका क्षेत्र भित्रका कला, संस्कृति, सम्पदा र पेशाको प्रभावकारी प्रवर्द्धन मार्फत आर्थिक समृद्धि एवम् पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ मिति २०८१ पुष १२, १३ र १४ गते (December 27, 28 and 29) मा “मध्यपुर महोत्सव-२०८१” हुन गईरहेको हुँदा पुष १२ र १४ गते मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालयहरु एवं शैक्षिक सस्थाहरुमा सार्बजनिक बिदा हुने नगर कार्यपालिकाको निर्णयानुसार उक्त दिनहरुमा सार्बजनिक बिदा दिइएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















