सन्तान प्रति असल अभिभावकको भूमिकाबारे साईनिङ्ग स्टुडेण्ट एकेडेमीमा अभिभावक भेला

0
507

भक्तपुर, ६ पुस । “आफ्‌ना सन्तान प्रति असल अभिभावकको भूमिका” विषयक एक दिवसीय पोजिटिभ भाईब्रेसन साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनामा अभिभावक भेला शनिवार सूर्यविनायक पार्टी भेन्युमा सम्पन्न भयो ।
कार्यक्रममा प्रितम पौडेलले बालबालिकाहरुलाई मनोबल बढ्‌ने सकारात्मक उत्प्रेरणामा अभिभावकको भूमिका हुनुपर्ने बताउनुहुँदै बालबालिकालाई दिमाग नभएको, खतम, काम नलाग्ने भनि गालीगलौज गर्न नहुने, जाँडरक्सी चुरोट, जुवाताँस जस्ता नराम्रो बानी व्यवहार नगर्ने र नकारात्मक अर्थ जाने भाषा नबोली मनमा आशा जगाउने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले स्कूलले ज्ञान दिने र संस्कार घरमा अभिभावकले दिनु पर्ने र बालबालिककाले आमा बुबाले बोलेको भाषा नक्कल गरी सिक्ने भएकोले बोलेको देखेको कुरा व्यवहारमा उतार्ने काम गर्दै सिक्ने हो भन्नुभयो । उहाँले १८ बर्ष मुनिका बालबालिकहरु जाँडरक्सी, चुरोट खान सिके नशाको लट पर्ने भएकोले त्यतिवेला अभिभावकहरुले हेरचाह गरी समय दिई कुलतबाट बचाउन सके पछि नशाको लट नपर्ने बताउनुभयो । उहाँले गाली गरेर, पिटेर बालबालिका नसुघ्रिने बताउँदै त्यस्तो गरे झुठ बोल्ने, नजिक नबस्ने, एक्लै बस्ने बताउनुभयो । उहाँले चौबीसै घण्टा पढ्‌पढ् भन्न नहुने बताउँदै समय व्यवस्थाप गरी खेल्ने, आराम गर्ने, काम गर्ने गरी अतिरिक्त क्रियाकलापमा लगाउनुपर्ने साथै पाठ्‌यक्रमको पाठ्‌यपुस्तकमा सिमित नराखी अतिरिक्त सहयोगी किताबहरु पढाउनुपर्ने बताउनुभयो । उहाँले सधैं स्कूल ड्रेस, गृहकार्य, डायरी, ब्याग र पकेट अभिभावकहरुले जाँच गर्नुपर्ने बताउँदै निरंकुश, वास्ता नगर्ने, जे भनेपनि मान्ने र जिम्मेवारी लिने चार थरीको अभिभावक हुने बताउनुभयो ।


कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष एवम् गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिन्छन् भने ती प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन हुन्छ भन्नुभयो । उहाँले हामीले सोच अनुसार हार्मोन उत्पति हुने भएकोले सकारात्मक सोच राखे सकारात्मक हार्मोनले बालबालिकामा राम्रो हुने बताउनुभयो । उहाँले घर, समाज र स्कूलको वातावरण अनुसार बालबालिकहरु सोच बानी व्यवहार संस्कार हुने बताउँदै असल, ज्ञानी, इमान्दार बनाउन समाज पनि त्यस्तै हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल रबिन छुस्याकीले नराम्रो संदेश जाने गरी कसैले काम गर्न नहुने बताउँदै आफू भन्दा तल्लो स्तरको तुलना गरी हौसला लिनुपर्ने उदाहरण दिँदै स्कूल गरेको कृयाकलापहरु बताउनुभयो । कार्यक्रममा नन्द शुद्ध दास, शिक्षिका गौरी छुस्याकी, अनिता सितिखु, विद्यार्थीहरु लेमी मगर र सायना थोकरले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here