विद्यालय बन्द गरे कारबाही गर्ने बालेन शाहको चेतावनी

0
112

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  दिएका छन् । भोलि देखी सुरु हुन लागेको अनिश्चतकालीन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन । 

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।  विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन् ।

‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन गर्दछ।’ उनले आफ्नो निर्देशन अनुसार विद्यालय बन्द गरेमा कारबाही गर्नेसमेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here