आज सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक

0
136

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा हिजोसम्म पनि नहटाएकोले काठमाण्डौ महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here