भक्तपुर, मंसिर ३० ।
मध्यपुर थिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, नागार्जुन नपाका उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नपाका उपप्रमुख बसन्ती श्रेष्ठ, गोदावरी नपाका उपप्रमुख सुनिता महर्जन, शंकरापुर नपाका उपप्रमुख समिता श्रेष्ठ र महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोमा माया गोलेले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सवको अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रतियोगिता लगायत विभिन्न स्थानहरुमा भइरहेको साँस्कृतिक र परम्परागत जीवनशैलीको बारेमा बताउनुहुँदै यो महोत्सवबाट देश विदेशका पाहुनाहरुले भक्तपुरलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर साँस्कृतिक सम्पदाले भरिपूर्ण जीवन्त नगरी भएको हुँदा कला र संस्कृतिको जगेर्ना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उपप्रमुख डंगोलले भक्तपुर नगरलाई यस महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै यहाँको कला र संस्कृतिले जोसुकैलाई पनि लोभ्याउन सफल भएको उल्लेख गर्नुभयो ।
उपप्रमुखहरुको टोलीलले भक्तपुरको प्रशन्नशिल महाविहारस्थित कुमारी (जीवित देवी) प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, ख्वप इन्जिनियरिङ कलेज, लिवालीस्थित शैक्षिक प्रदर्शनी र भक्तपुर दरबार क्षेत्र लायकुस्थित परम्परागत पोशाक प्रदर्शनी, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमलगायत विभिन्न स्थानमा भएको घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।
अवलोकनको अन्तमा भक्तपुर नपाका उपप्रमुख जोशीले अतिथि प्रमुख र उपप्रमुखहरुलाई भक्तपुर नपाका विभिन्न प्रकाशनहरु र मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।
विभिन्न नपाका प्रमुख र उपप्रमुखहरुद्वारा भक्तपुर महोत्सवको अवलोकन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















