भक्तपुर महोत्सवको तेस्रो दिन नेमकिपाका सचिव सुवालबाट प्रदर्शनी स्थल अवलोकन

0
135


भक्तपुर, मंसिर ३० । भक्तपुर नगरपालिकाको आयोजनामा भैरहेको ५ दिने भक्तपुर महोत्सवको तेस्रो दिन नेपाल मजदुर किसान पार्टीका सचिव एव सघीय सान्सद प्रेम सुवालबाट भक्तपुर नगरका विभिन्न प्रदर्शनीहरुको अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा सचिव सुवालले चोछेमा योमरी स्टल, परम्परागत तरिकाले चिउरा कुट्ने र घरेलु सामग्रीहरुको अवलोकन गर्नुभयो भने भोलाछेमा स्थानीय परम्परागत खेल कसिमला पाय पनि अवलोकन गर्नुभयो ।
सचिव सुवालले स्टलमा सामान विक्री वितरण गर्ने संचालकहरुसग स्टलमा आन्तरिक पर्यटकको चाप बारे जानकारी लिनुहुदै नागपोखरीमा प्रभात इङ्लिस सेकेन्डरी स्कुलम कक्षा ३ मा अध्ययनरत बाबुनानीहरुले प्रस्तुत गरेको कक्षागत सामुहिक संस्कृतिक प्रदर्शनी पनि अवलोकन गर्नुभयो । साथै उहाँले फोटो प्रदर्शनी अवलोकन गर्नुहुदै फोटोमा तिथि मिति पनि उल्लेख गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
यसै क्रममा उहाँले भनपा ६ याछेमा याछे गणेश नौ बाजा दाफा भजन, लालाछेमा दही महोत्सव पनि अवलोकन गर्नुभयो ।
उहाँले वडा न ७ मा गोलमढी शिवरात्री गुठीको गुँला धल नौ बाजाको १५० वर्ष पुरानो ङक बाजा बारे पनि जानकारी लिनुभयो ।
झौरवहीमा बौद्ध प्रकाशन अवलोकन गर्नुहुदै पुराना पुराना वस्तु जगेर्ना गर्नुपर्ने कुरामा विशेष जोड दिनुहुदै उहाँले यातामा प्रगतिशील भजन र सहकारीका गतिविधिहरुबारे चासो व्यक्त गर्नुभयो । यसै क्रममा स्थानीय उत्पादन चाकु वास, परालबाट बनेका सामग्रीहरु, गलसी पुखुमा नेवार जीवनशैली पनि अवलोकन गर्नुभयो ।योसिङखेलमा बालमैत्री मेलामा तान्त्रिक देवीको चर्या नृत्य पनि अवलोकन गर्नुभएको थियो ।
एक प्रसङ्गमा सचिव सुवालले संस्कृतिको अध्ययन तथा अनुसन्धान गर्ने अवसरको रुपमा भक्तपुर महोत्सवलाई लिनुपर्ने र यस किसिमको महोत्सवले नयाँ पुस्तालाई संस्कृति संरक्षण गर्न सन्देश दिने पनि बताउनुभयो । संस्कृति मानव सभ्यताको विकास सङगै आएको चर्चा पनि उहाँले गर्नुभयो ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरू,वडा सदस्यहरु, कर्मचारी लगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो भने सचिव सुवालए नगरवासीहरुसँग पनि भेटघाट गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here