महोत्सवमा भजन, मृृत्तिकाकला र नेवारी जनजीवन प्रदर्शनी

0
179
महोत्सवमा भजन, मृृत्तिकाकला र नेवारी जनजीवन प्रदर्शनी

भक्तपुर, मंसिर २९ । पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २८ गतेदेखि पुष २ गतेसम्म संचालन भएको भक्तपुर महोत्सव अन्तर्गत सूर्यमढी चोकमा भनपा १ सूर्यमढी टोलमा ब्रम्हायणी रास भजन मण्डल र वाचुत्व ज्ञानमाला भजनद्वारा सांस्कृतिक तथा धार्मिक ऐतिहासिक भजन प्रस्तुत गरियो ।

महोत्सवको मृत्तिका प्रदर्शनीमा सूर्यमढी टोलमा ८० वर्ष पुरानो ल्हो चाख, १०० वर्ष पुरानो सिं चाख तथा टायर र आधुनिक बिजुलीको चक्का बाट सलि, खुत्रुके, गमला, भाजं, घ्यर्वा, चिलं धुपाैरो, गपचा जस्ता माटोको भाँडा बनाएर प्रदर्शन गरिएको थियो । महोत्सवमा सहभागीहरूलाई माटोमा आफ्नो कलाको अभ्यास गर्ने सुविधा समेत दिएको छ ।

नेवार जनजीवनसँग सम्बन्धित न्येदा पुन्ही, पेदापुन्ही, ईहि, बाह्रा तयगु, कयता बेगु, भिं ईपा, जंको प्रदर्शनी, महिला समूहहरूको समयबजी, योमरीको स्टल रहेको उक्त महोत्सवमा उदय बचत तथा ऋण सहकारी संस्था लि. ले निःशुल्क खानेपानी तथा मही वितरण गरेको छ ।

महोत्सवमा वाकुपति नारायण स्थान र दत्तात्रय क्षेत्रमा अन्नहरुको चित्र हलिमलि तथा परम्परा बाजाहरु तथा तलातुन्छी गणेशको द्योछेँ परिसरमा विश्वकर्मा भैल प्याखंको पोशाक, बाजा तथा माटाको नेवारी भाँडाकुँडा प्रदर्शनी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here