भक्तपुर, मंसिर २९ । भक्तपुर नगरपालिकाको आयोजनामा भैरहेको ५ दिने भक्तपुर महोत्सवको दोस्रो दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट नगरका विभिन्न प्रदर्शनीहरुको अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा अध्यक्ष बिजुक्छेले थथुबहीमा तस्वीर प्रदर्शनी अवलोकन गर्नुहुदै भक्तपुर नगरका विभिन्न ठाउँमा रहेका बहाबहीहरुको बारेमा जानकारी लिनुभयो भने भक्तपुरमा पुनः निर्माण हुन बाँकी बहाबहीहरुको अवस्थाका बारेमा पनि चासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “विहार एक किसिमको विद्यालय हो ।”
उहाँले भक्तपुर वडा नं २ न:पुखु स्थित घरेलु उत्पादन प्रदर्शनी स्थल अवलोकनमा अपाङ्गता भएका बालबालिकाले तयार पारेका सामग्री, लेजर प्रविधिबाट निर्माण गर्न सकिने मेडल निर्माण, अन्य स्थानिय उत्पादन अवलोकन गर्नुहुदै नेपालले चिनलाई उपहारको रुपमा लप्सी पठाउने गरेको समेत बताउनुभयो ।
त्यस लगत्तै वडा नं १ मा सिद्धपोखरी र भाज्यापोखरीमा संचालन भैरहेको नौका विहार पनि अवलोकन गर्नुभयो । भ्रमणको क्रममा वडा नं ३ स्थित घरेलु उत्पादन तथा हस्तकलाको जिवन्त प्रदर्शनी अन्तर्गत काष्ठकला, परम्परागत झ्याल, ढोका तथा फर्निचरका सामानहरु अवलोकन गर्नुहुदै विदेशी नागरिकहरुलाई नेपालमा उत्पादन हुने गरेका हस्तकलाका सामग्रीहरु मायाको चिनोको रुपमा दिंदा ऎनाभित्र राखी त्यसको सौन्दर्यता कायम गर्नुपर्ने बताउनुभयो भने वंशगोपालमा मानन्धर समुदायको क्वनेया गुँला ङक धल पनि अवलोकन गर्नुभयो । त्यस्तै तापालछीमा महेन्द्र विद्या आश्रमले तयार गरेको नेवार जीवनशैली पनि अवलोकन गर्नुभयो ।
एक फरक प्रसङ्गमा अध्यक्ष बिजुक्छेले भन्नुभयो -“स्थानीय सरकार मार्फत स्थानीय पर्यटन विकासमा जोड दिनुपर्ने र स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्नुपर्ने आजको आवश्यकता हो ।”
अवलोकनकै क्रममा वडा नं ४ स्थित लक्ष्मी नरसिंह मन्दिर, लैको पोखरी, वडा नं ५ योसिङखेलमा बालमैत्री मेला अन्तर्गत विभिन्न विद्यालयले तयार गरेका शैक्षिक प्रदर्शनीहरु पनि अवलोकन गर्नुभयो ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरू,वडा सदस्यहरु, कर्मचारी लगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो भने नगरवासीहरुसँग पनि भेटघाट गर्नुभयो ।
भक्तपुर महोत्सवको दोस्रो दिन अध्यक्ष बिजुक्छेंबाट प्रदर्शनी स्थल अवलोकन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















