भक्तपुर महोत्सवको आज दोस्रो दिन बाँसुरी बाजा प्रतियोगिता हुने

0
219

भक्तपुर, मंसिर २८ । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा महोत्सवको दोस्रो र तेस्रो दिन भक्तपुरको क्वाठण्डाै टोलमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा भक्तपुर जिल्लाका चार नगरपालिका सहित बनेपा, ललितपुर, चन्द्रागिरी, दक्षिणकाली, टोखा, धरान खोकना लगायत
देशभरका १० नगरपालिका र उपमहानगरपालिकाकाे विभिन्न टोलका बाजा खल, ७ वटा सहकारी संस्था, ३ वटा विद्यालय गरी ४६ वटा बाजा समूहले प्रतिस्पर्धा गर्नेछ ।

भक्तपुरको दुधपाटी इनाग टोलबाट बाँसुरी बजाएर नगर परिक्रमा गरेर क्वाठण्डाै टोलमा नेवार जनजीवन र संस्कृति सँग सम्बन्धित धातु, वसन्त, मालश्री, सिनाज्या, सितला माजु, मंगलधुन मध्ये १ पहिलो चरणमा अनिवार्य र दोस्रो चरणमा प्रतियोगीले छानेको धुन मञ्चमा ४ मिनेट प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।

नगर परिक्रमाको ३० अंक र प्रतियोगिता स्थलको ७० अंक प्रदान गरिएको प्रतियोगितामा भाग लिने प्रति टोलीलाई खाजा बापत रु ५००० दिइने व्यवस्था रहेको नगरपालिकाले जारी सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here