भक्तपुर, मंसिर २८ । भक्तपुरको पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई गतिशील बनाउन मंसिर २८ देखि पुष २ गतेसम्म भक्तपुर महोत्सव २०८१ अन्तर्गत कमल विनायक लामगाल चाैरमा पुस्तक प्रदर्शनी भएको छ ।
पुस्तक प्रदर्शनीमा जनप्रकाशन गृह, दोविला, अनुज, पाँचपोखरी, ईण्डिगो, स्वदेश, ब्ल्याक गोल्ड, कथालय, मधुवन, फोनिक्स, कोपिला, शिखा, बुकहिल, साझा प्रकाशन रत्न प्रकाशन तथा नेपाल प्रज्ञा प्रतिष्ठान लगायत १७ वटा प्रकाशन गृहहरुको स्टल रहेको छ ।
भक्तपुर नगरपालिकाको आफ्नो प्रकाशन प्रदर्शनी रहेको उक्त प्रदर्शनीमा वागिश्वरी माविको फ्रेस पेन्टिङ, सत्यनारायण बनमालाद्वारा निर्मित नवदुर्गाका मुकुन्डो समेत प्रदर्शनी भएको छ ।
भक्तपुर महोत्सवको प्रदर्शनीमा ७ वटा विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेको शैक्षिक तथा पुस्तक प्रदर्शनीका सदस्य दिनेश प्रधानले बताउनुभयो ।
प्रदर्शनीमा भक्तपुरको जुजु धाै र समयबजि तथा योमरीको खाद्य स्टल रहेको छ ।


















