नेपालमै पहिलोपटक सिटिङ भलिबल प्रतियोगिता भक्तपुरमा सम्पन्न

0
232


भक्तपुर, १ पुस । भक्तपुर महोत्सवको चौथो दिन नेपालमै पहिलोपटक सिटिङ भलिबल प्रतियोगिता सोमबार सफलतापूर्वक सम्पन्न भयो ।
भक्तपुरका ३ वटा विद्यालयहरु वागीश्वरी मावि च्याम्हासिंह, गणेश मावि भार्वाचो र श्री पद्म मावि खौमाको सहभागितामा रहेको खेलमा पुस १ गते सम्पन्न सिटिङ भलिबल प्रतियोगिता श्री पद्म मावि खौमा प्रथम, वागीश्वरी मावि च्याम्हासिंह द्वितीय र गणेश मावि भार्वाचो तृतीय हुन सफल भएका छन् ।
नेपालमा पहिलोपटक सम्पन्न भएको उक्त प्रतियोगिताको निर्णायक भूमिका नेपाल भलिबल सङ्घका पूर्वमहासचिव अन्तर्राष्ट्रिय खेलाडी एवम् जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय, इन्द्रभक्त पंच, सत्यराम न्हिसुतु र तिया सुवाललगायतले निभाउनुभएको थियो ।
स्मरण रहोस्, यस अगाडि पनि नेपालमै पहिलोपटक बीच भलिबल, मिक्स भलिबल, पार्क भलिबल, फुटसललगायत खेलहरूको प्रतियोगिता भक्तपुरबाट नै आरम्भ भएको भक्तपुर भलिबल सङ्घका अध्यक्ष विनोद चरण रायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here