भक्तपुर, कार्तिक १३ । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार खोखो खेलको सेमिफाइनल खेल सम्पन्न भयो ।
लामगाल चौरमा भएको छात्र तर्फको खोखो खेलको सेमिफाइनलमा वागीश्वरी माविले सरस्वति माविलाई १०—७ अंकले पराजित गरे भने बाल विकास स्कुलले १३—४ अंकले बासु माविलाई पराजित गरे । विजेता टोलीहरु वागीश्वरी मावि र बाल विकास स्कुल फाइनलमा पुगेका छन् ।
त्यस्तै छात्रा तर्फको खोखो खेलको सेमिफाइनलकै खेलमा ब्राइट स्टार स्कुलले वागीश्वरी माविलाई ११—९ अंकले पराजित गरे भने सरस्वति विद्यागृहले वाइजल्याण्ड स्कुललाई ८—५ अंकले पराजित गरे । विजेता टोलीहरु ब्राइट स्टार स्कुल र सरस्वति विद्यागृह फाइनलमा पुगेका छन् ।
फाइनल खेल बुधबार बिहान ८ बजेबाट सुरु हुने आयोजक समितिले जानकारी दिएको छ ।


















