पोर्टबल खेलको अन्तिम नतिजा

0
349

भक्तपुर, कार्तिक १३ ।

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ११ गतेदेखि श्री पद्य माविमा सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत पोर्टबल खेल सम्पन्न मंगलबार सम्पन्न भयो ।
पोर्टबल खेलको छात्र तर्फको फाइनल खेलमा न्यातपोल स्कुलले ब्राइट स्टार स्कुललाई १६—१२ अंकले पराजित गरी न्यातपोल स्कुलले प्रथम स्थान र ब्राइट स्टार स्कुलले द्धितीय स्थान हासिल गरे भने वागीश्वरी मावि र बासु माविले तृतीय स्थान हासिल गरे ।
त्यस्तै सोही दिन भएको छात्रा तर्फको फाइनल खेलमा बासु माविले तारा माविलाई १०—३ अंकले पराजित गरी बासु मावि प्रथम र तारा मावि द्धितीय भए भने वागीश्वरी मावि र अक्सफोर्ड प्राक्टिकल स्कुल तृतीय भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here