भक्तपुर, कार्तिक ११ । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको कराँते खेल सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नं.९ दतात्रयमा भएको कराँते प्रतियोगितामा छात्रा कातामा बागीश्वरी स्कूलका सोनिया हेमिंखा प्रथम, डेमोस इ. स्कलका अस्मिता तामाङ र यूनिसा तामाङ दोस्रो र तेस्रो भएका थिए । छात्र कातामा वागीश्वरी माविका विमल कुमार थापा प्रथम, पारागन इ. स्कूलका साहाँस तामाङ दोस्रो र प्रभात इं स्कूल श्रीरिष सितिखु र साइनिङ इ. स्कूलका तेन्जिङ लामा संयुक्तरुपमा तेस्रो हुन सफल भएका थिए ।
त्यसैगरी कराँतेकै छात्र कुमिते २५ केजी तौल समुहमा डेमोस इ. स्कूलका बरुन तामाङ, माउन्ट भ्याली इ. स्कूलका सुभम राजचल दोस्रो, डेमोस इ. स्कूलका इसुभ लामा तेस्रो हुन सफल भएका थिए । कुमिते ३० केजी समुहमा वाइज ल्याण्ड इ. स्कूलका सेयास कासुला प्रथम, कमलविनायक किन्डरगार्डेनका साम्पेन डोर्जे लामा र दिप्सन खड्का दोस्रो र तेस्रो हुन सफल भएका थिए । छात्र कुमिते ३५ समुहमा विद्यार्थी निकेतन माविका सन्दिप मिजार प्रथम, साइनिङ इ. स्कूलका केसाङ्ग लामा दोस्रो, सामुदायिक इ. स्कूलका इभो लामा र मिनर्वा इ. स्कूलका नेमार डोर्जे थिङ तेस्रो भएका थिए । छात्र कुमिते ४० समुहमा होली गार्डेन स्कूलका आदित श्रेष्ठ प्रथम, रोम्वस इ. स्कूलका जेनिक सुलु दोस्रो र माउन्ट भ्याली इ. स्कूलका सुलभ भुजेल र मेधा माविका आदित्य दाहाल तेस्रो भएका थिए । ४५ केजी छात्र कुमितेमा आदर्श आजाद माविका सुमन सुवेदी प्रथम, मिनर्वा इ. स्कूलका आयुस लामा दोस्रो र वागीश्वरी माविका रविना बदुवाल र श्री पद्म माविका गौरव पान्डेले तेस्रो स्थान हासिल गरेका थिए । ४८ केजी छात्र कुमितेमा वागीश्वरी माविका कृष ग्वाछा र आयन मगर प्रथम र दोस्रो र माउन्ट भ्याली इ. स्कूल रिवस सुलु तेस्रो भएका थिए । ५२ केजी छात्र कुमितेमा वागीश्वरी माविका विमल कुमार थापा प्रथम, माउन्ट भ्याली इ. स्कूलका विकल चवाल दोस्रो र होलिगार्डेन इ. स्कूलका सोहन श्रेष्ठ र डेमोस इ. स्कूलका छेदुक तामाङ तेस्रो हुन सफल भएका थिए ।
त्यसैगरी कराँते छात्रा कुमिते २५ केजी तौल समुहमा माउन्ट भ्याली इ. स्कूलका सुजिता तामाङ प्रथम, डेमोस इ. स्कूलका इशानी तामाङ दोस्रो र एभरेष्ट इ. स्कूलका समृद्धि दाहाल र अभ्नि न्यौपाने तेस्रो भएका थिए । ३० केजी छात्र कुमितेमा वागीश्वरी माविका रुविना सुलु प्रथम, कमलविनाय किन्डरगार्डेनका अस्विना गुरुङ दोस्रो र माउन्ट भ्याली इ.स्कूलका निभा रञ्जित र गोल्डेन गेट इं स्कूलका सायसा थपलिया तेस्रो भएका थिए । छात्रा कुमिते ३५ कजीमा डेमोस इ. स्कूलका अस्मिता तामाङ, शारदा माविका करिस्मा तामाङ, कमलविनायक किन्डरगार्डेनका सुविरा भट्टराई र वासु माविका इभा कोण्डा तेस्रो भएका थिए ।
त्यसैगरी ४० केजी छात्रा कुमितेमा वागेश्वरी माविका पुणर्िमा खत्री प्रथम, गोल्डेनगेट इ. स्कूलका रितिका लामा दोस्रो र बाल विकास स्कूलका सुरवी तामाङ र डेमोस स्कूलका अञ्जली गुरुङ तेस्रो भएका थिए । ४५ केजी छात्रा कुमितेमा वागीश्वरी माविका श्रीया शाही प्रथम, शारदा माविका सदिक्षा थापामगर र ख्वप्रिङ एकेडेमीका सलिना कासिछ्र्वाले तेस्रो स्थान हासिल गरेका थिए । ५० केजी छात्रा कुमितेमा रोम्वस स्कूलका क्रितिका राई प्रथम, मेधा माविका गौरवी हमाल दोस्रो र मिनर्वा इं स्कूलका मलिना योञ्जन र विद्यार्थी निकेतन माविका हसिका श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए ।


















