विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उसु खेलकाे अन्तिम नतिजा

0
316

भक्तपुर, कार्तिक ११ ।  भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उसु खेल सम्पन्न भयो ।
भक्तपुर नगरपालिका ३ वडा नासमनामा भएको उसु खेल आज सम्पन्न भएको छ । उसुको छात्र तिलु खेलमा मेधा माविका प्रधुमन त्वाती प्रथम, मेधा माविकै विनम्र खाईतु दोस्रो र बाल विकास स्कूलका सुप्रिच वासी र एभरेष्ट स्कूलका आर्यव बजगाई तेस्रो हुन सफल भएका थिए । त्सैगरी छात्रा तिलुमा वागीश्वरी माविका इलिका प्रजापति प्रथम, मेधा माविका दिया दथेपुथे, जिया मान्धर र साम्रागी रावल दोस्रो र तेस्रो भएका थिए ।
उसुकै छात्र ताइची खेलमा मेधा माविका रिसन तिमिला प्रथम, बाल विकास स्कूलका अरिज बोहजु दोस्रो र सैनिक आवासिय माविका जयराम मण्डल र मेधा माविका सौगात फैजु संयुक्त रुपमा तेस्रो भएका थिए । ताइची छात्रामा एभरेष्ट स्कूलका दिया मल्ल प्रथम, मेधा मावि सम्रुद्धि बुद्धाचार्य दोस्रो र ख्वप्रिङ एकेडेमीका मल्लिका छ्वाजु र एभरेष्ट स्कूलका आयुसा सिमाछ्वा दुवै तेस्रो हुन सफल भएका थिए ।
उसुकै छात्र सान्डा २५ केजी तौलम समुहमा एभरेष्ट इ. स्कूलका एन्जेल चौलागाई प्रथम, मेधा मावि सफल भट्टराई दोस्रो र एभरेष्ट इ. स्कूलका राजविर आगंजा र ब्राइटस्तार इ. स्कूलका प्रवल सुवाल तेस्रो भएका थिए । सान्डा ३० केजी तौल समुहमा मेधा माविका मिङमार तामाङ प्रथम, एभरेष्ट इ.स्कूलका हृदयन गौतम दोस्रो र बाल विकास स्कूलका मोहित ग्वाछा र एभरेष्ट इ. स्कूलका सुमित माकजु संयुक्तरुपमा तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । त्सैगरी छात्र सान्डा ३५ तौल समुहमा मेधा मावि इभान सुवाल प्रथम, जेसिस स्कूल रियान बाटी दोस्रो र बाल विकास स्कूलका शुभम कोजु र रोमन फैजु दुवैले तेस्रो स्थाल हासिल गरेका थिए । सान्डा ४० तौल समुहमा सामुदायिक इ. स्कूल रेगनसन बैद्य प्रथम, बाल विकास स्कूलका रितेस छुंजु दोस्रो र एभरेष्ट स्कूल सिद्धान लामिछाने र जेसिस स्कूलका निमेश बोहरा संयुक्तरुपमा तेस्रो हुन सफल भएका थिए । छात्र सान्डा ४५ केजी मोर्डन इ. स्कूलका सुशन डोटेल प्रथम, एभरेष्ट इ स्कूलका श्रीयक श्रेष्ठ दोस्रो, एभरेष्ट इ. स्कूलका अमुल्य उप्रेती र आयुष खत्री तेस्रो भएका थिए । छात्र सान्डा ४८ मेधा माविका साजन लामिछाने प्रथम, हिमालयन ग्लोरीका आयुस गोरा, मेधा माविका अमृत लोप्चन र एभरेष्ट स्कूलका योङजोल जङ बस्नेत तेस्रो भएका थिए । सान्डा ५२ केजी तौल समुहमा मेधा माविका रोशन वाईजु प्रथम, मोर्डन इ. स्कलका सौगात कार्की दोस्रो र एभरेष्ट इ. स्कूलका आदर्श गुरागाई र विक्रम बोहरा तेस्रो भएका थिए । सान्डा ५६ केजी समुहमा जेसिस स्कूलका त्रिजन सुवाल प्रथम, एभरेष्ट इ. स्कूलका रमोन श्रेष्ठ दोस्रो र बाल विकास स्कूलका उमंग तुईतुई र मोर्डन इ. स्कूल उत्कर्ष भद्रा तेस्रो हुन सफल भएका थिए ।
त्यसैगरी उसुकै छात्रा सान्डामा २५ केजी तौल समुह मेधा स्कूलका एलिसा लामा प्रथम र एभरेष्ट इ. स्कूलका भुमी प्रजापति दोस्रो भएका थिए । छात्रा ३० केजी सान्डामा एभरेष्ट इ. स्कूलका सिम्रिक प्रजापति प्रथम, बाल विकास स्कूलका इभाना भुजेल दोस्रो हुन सफल भएका थिए । छात्राकै ३५ केजी सान्डामा एभरेष्ट स्कूलका स्मारिका सुवेदी प्रथम, मेधा माविका रिया कोजु दोस्रो, एभरेष्ट स्कूलका सर्भाग्य कवां तेस्रो भएका थिए । छात्रा ४० केजी सान्डामा मेधा स्कूल आसन्न भट्टराई प्रथम, एभरेष्ट स्कूलका खुशी भुजेल र औभा ढुङगेल दोस्रो र तेस्रो भएका थिए । छात्रा ५२ तौल सान्डामा मेधा माविका रोजिना विक र सरा दुवाल दास्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here