भक्तपुर, कार्तिक ११ । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेक्वाण्डो खेल सम्पन्न भयो ।
विद्यार्थी निकेतन माविमा सम्पन्ने तेक्वाण्डो प्रतियोगिताको छात्र ३८—४२ केजी तौल समूहमा वागिश्वरी माविका विराज विक प्रथम, भीम आदर्श आधारभूत विद्यालयका गणेश तामाङ द्धितीय तथा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमीका सोहन सतसंकर र सेकरिट हार्ट एकेडेमीका रोशन तामाङ संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्र ४२—४६ केजी तौल समूहमा वागिश्वरी माविका नवीन सेन्चुरी प्रथम, शारदा माविका निमा रुम्बा द्धितीय तथा अक्सफोर्ड प्राक्टिकल स्कूलका आशिक घर्ती र बालविकास इङ्गलिस स्कूलका कविर लोहला संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्र ४६—५० केजी तौल समूहमा माउन्ट भ्यालीका समिर तामाङ प्रथम, लनर्स एकेडेमीका द्धितीय तथा वागिश्वरी माविका प्रज्वल श्रेष्ठ र ग्लिटर फ्युचर स्टार इङ्गलिस स्कूलका सोमनाथ तामाङ संयुक्त रुपमा तृतीय भएका थिए ।
तेक्वाण्डोको छात्रा २७—२९ केजी समूहमा प्रोक्सिमा इन्टरनेस्नल ऐकेडेमीका कृतिका देउला प्रथम, वागिश्वरी माविका वर्षा घर्ती द्धितीय तथा मिनर्वा इङ्गलिस स्कूलका रितिका शिल्पकार र जेन्युइन इङ्गलिस स्कूलका आयुषा प्रसाई संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा २९—३२ केजी समूहमा वागिश्वरी माविका रितु श्रेष्ठ प्रथम, मिनर्वा इङ्गलिस स्कूलका नितिषा भारती द्धितीय तथा बासु माविका रिता विक र युनिषा विक संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा ३२—३५ केजी समूहमा ग्लिटर फ्युचर स्टार इङ्गलिस स्कूलका अमृता लामा प्रथम, ङातापोल इङ्गलिस स्कूलका दिपिका स्याङतान द्धितीय तथा जेन्युइन इङ्गलिस स्कूलका आरुषी भण्डारी र पारागन एकेडेमीका खुसी मोक्तान संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा ३८—४२ केजी तौल समूहमा वागिश्वरी माविका दिया लाखा प्रथम, सेकरिट हार्ट एकेडेमीका आकृति दोङ द्धितीय तथा ख्वप्रिङ इङ्गलिस एकेडेमी क्रिज्मा फेलू तथा माउन्ट भ्याली इङ्गलिस स्कूलका संयुक्त रुपमा तृतीय भएका थिए ।
विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेक्वाण्डो खेलकाे अन्तिम नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















