भक्तपुर, कार्तिक ११ । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको भलिबल खेल आइतबार सम्पन्न भयो ।
सहिद स्मृति खेल मैदानमा सम्पन्न छात्र भलिबल प्रतियोगिताको फाइनलमा पद्म माविले बागिश्वरी माविलाई २—१ सेटले पराजित गरेका थिए भने शारदा मावि र गणेश मावि संयुक्त रुपमा तृतीय भएका थिए ।
छात्रा भलिबलको फाइनलमा बासु माविले अक्सफोर्ड प्राक्टिकल स्कूललाई २—१ सेटले पराजित गरेका थिए भने पद्म मावि र बागिश्वरी मावि संयुक्त रुपमा तृतीय भएका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















