भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा आवश्यक पहल गर्ने निर्णय

0
168


भक्तपुर, कार्तिक ११ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा आइतबार बैठक बस्यो ।
बैठकले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाज्यापुखुको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्या पुखु र भक्तपुर क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुने गरी अगाडि बढ्न आवश्यक पहल गर्ने निर्णय ग¥यो ।
बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले ८०० वर्ष पुरानो घाँसे मैदानको रुपमा रहेको भाज्या पोखरीलाई आफ्नै लगानीमा पोखरीको मध्यभागमा जलेश्वर मन्दिर समेत निर्माण गरी पोखरीको उद्घाटन गरी पोखरीको चारै दिशाका डिलहरु खोल्न पहल गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर बहुमुखी क्याम्पस र भाज्या पुखु दुवै भक्तपुरको गहनाको रुपमा रहेको बताउँदै पोखरीको दक्षिण पट्टीको डिल निर्माणसँगै क्याम्पस र पोखरीको सौन्दर्य अझ वृद्धि हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षणमा उदाहरणीय कार्य गर्दै अगाडि बढेको स्थानीय सरकार भएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरको मात्र नभई उपत्यकाका अन्य सहरहरुमा सम्पदा जीर्णोद्धार, पुनःनिर्माण र मर्मत संभारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको समेत स्मरण गर्नुभयो ।
त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भक्तपुर बहुमुखी क्याम्पस र ऐतिहासिक भाजु पुखुबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै पोखरीको डिल निर्माण र क्याम्पसको पर्खाल निर्माणले दुवैको सुन्दरता वृद्धि हुनेमा दुईमत छैन भन्नुभयो ।
उहाँले भक्तपुरको सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताउँदै कलेज र पाखेरीबीचको असमझदारी सौहार्द तरिकाले टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।
उक्त बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि भौतिक सम्पत्ति संरक्षण शाखा, सामान्य प्रशासन महाशाखाका प्रमुख राज बहादुर राई, सहायक कानुनी सल्लाहकार राजेन्द्र खनाल, भक्तपुर बहुमुखी क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा. शेरसिंह रैखोला, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, नि. प्रप्रअ
रामगोविन्द श्रेष्ठ, उपनिर्देशक गणेशलाल फोँजु र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here