मंसिर २८ गतेदेखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव हुने, १६१ सदस्यीय मूल समारोह समिति गठन

0
460

भक्तपुर, कार्तिक ८ ।
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव हुने भएको छ ।
भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठकमा उक्त जानकारी दिइएको हो ।
भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गरिएको जनाइएको छ ।
महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु समेत गठन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here