भक्तपुर, कार्तिक ९ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आज कार्तिक ९ गतेबाट हुँदैछ ।
भ.न.पा वडा ९ दत्तात्रयबाट बिहान १० बजे र्याली भै गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै सहिद स्मृति खेल मैदानमा उद्घाटन हुने सूचनामा उल्लेख छ ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा हुने समेत बताइएको छ ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नास्टिक, पोर्टबल, कसिमला पाँय र बाघचाल खेल गरि १५ वटा खेलहरु समावेश छन् ।
photo: file photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















