भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने, १५ वटा खेलहरु समावेश हुँदै

0
318

भक्तपुर, कार्तिक ७ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सहिद स्मृति खेल मैदानमा हुने समेत बताइएको छ ।
कुल १५ वटा खेलहरु समावेश हुने उक्त प्रतियोगिता कार्तिक ९ गतेबाट सुरु हुने सूचनामा उल्लेख छ ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नास्टिक, पोर्टबल, कसिमला पाँय र बाघचाल खेलहरु समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here