भक्तपुर, कार्तिक ५। मध्यपुर थिमी नगरपालिकामा आगामी पुस १२ देखि १४ गतेसम्म तीन दिने मध्यपुर महोत्सव हुने भएको छ ।
महोत्सवमा मध्यपुर थिमीको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै यहाँको पेसा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडा, सेरामिक्सलगायत प्रदर्शन हुने बताइएको छ ।
मध्यपुर महोत्सव २०८१ तयारी स्वरुप १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन भैसकेको छ भने लोगो समेत प्रकाशित भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
2
+1
+1


















